September 13, 2026

बुद्धशान्तिमा निःशुल्क दन्त शिविर

0

       बुधबारे। बुधबारे जेसीजले शनिबार एक दिने दन्त शिविरको आयोजना गरेको छ । शिविरमा ज्येष्ठ…

बुधबारे।

बुधबारे जेसीजले शनिबार एक दिने दन्त शिविरको आयोजना गरेको छ । शिविरमा ज्येष्ठ नागरिकसहित ७०भन्दा बढीले सेवा लिएका थिए ।

न्यू अष्ट डेन्टल क्लिनिक बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति–१को ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभा हलमा भएको कार्यक्रममा सो क्षेत्रका ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिले सेवा लिएका हुन् ।

बुधबारे जेसीजका अध्यक्ष हेमन्त बरालको अध्यक्षता तथा ज्येष्ठ नागरिक वडा मञ्च बुद्धशान्ति १का अध्यक्ष रामप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनिल वाग्लेले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा न्यू अष्ट डेन्टल क्लिनिकका संस्थापक सुमन दास, ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीका अध्यक्ष मोहन तिम्सिना, प्रमुख अतिथि रिजाल लगायतले मन्तव्य राखेका थिए । बुधबारे जेसीजका अध्यक्ष बरालले जेसीजले ज्येष्ठ नागरिकका लागि सेवामूलक कार्य गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए ।

कार्यक्रममा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष प्रकाश भण्डारी, डा. स्मृति साह, डेन्टल टेक्निसियन ओमचरण राजवंशी, बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष दीपेन सिटौला, महासचिव मुकेश भट्टराई, होक्से युवा क्लबका अध्यक्ष बालकुमार राई लगायतको आतिथ्य थियो ।

होक्से युवा क्लबको सहआयोजनामा भएको कार्यक्रम बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल वाग्लेको संयोजकत्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्र कटुवालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *