September 14, 2026

विद्यार्थी लक्षित ट्राफिक जनचेतना

0

      अर्जुनधारा। अर्जुनधारा जेसीजको आयोजनामा विद्यार्थी लक्षित ट्राफिक जनचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ । शनिश्चरे…

अर्जुनधारा।

अर्जुनधारा जेसीजको आयोजनामा विद्यार्थी लक्षित ट्राफिक जनचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

शनिश्चरे बजारको सामुदायिक हलमा सम्पन्न कार्यक्रममा बिर्तामोडका प्रहरी नायव निरीक्षक नारायण आचार्यले सहजीकरण गरेका थिए ।

अर्जुनधारा परिसरका कक्षा ९ र १०मा अध्ययनरत् ५० जना बिद्यार्थीको सहभागिता रहेको कार्यक्रममा ट्राफिक नियम, संकेत, दुर्घटनाका जोखिम, सतर्क हुने तरिका लगायतका विषयमा जानकारी दिइएको थियो ।

सञ्चार संयोजक दीपेश पनेरुको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, जेसीज अध्यक्ष टीआर गौतम, पूर्व अध्यक्ष इन्दिवर खड्का, शनिश्चरे चौकीका प्रमुख राजन खड्का, शिक्षक रुद्र खतिवडाले बोलेका थिए ।

जेसीज अध्यक्ष गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक पनेरुले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । जेसीज आस्था वाचन उपाध्यक्ष बिमला भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *