September 14, 2026

डाङ्ग्रे बाबा धामको संरक्षण गर्ने प्रतिबद्धता

0

1     1Share अर्जुनधारा। झापाको अर्जुनधारा–७ स्थित पाराखोपीमा रहेको डाङ्ग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको परिसर घेराबारा गरी संरक्षण…

अर्जुनधारा।

झापाको अर्जुनधारा–७ स्थित पाराखोपीमा रहेको डाङ्ग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको परिसर घेराबारा गरी संरक्षण गर्ने प्रदेश सांसद र वडाध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैशाखे पूर्णीमाको सन्दर्भमा धाम परिसरमा आयोजित विशेष पूजा समारोहलाई सम्बोधन गर्ने क्रममा समारोहका प्रमुख अतिथि प्रदेश नं.१ का सांसद बृख प्रधान र विशेष अतिथि वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’ले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

डाङ्ग्रे बाबा उत्पत्ति भएको विश्वको दोस्रो र देशकै पहिलो धाम दाबी गरिएको सो तीर्थस्थलमा संरक्षण तथा सम्वद्र्धन समितिको दुई फिट प्लम र छ फिटमा जाली लगाउने योजना रहेको अध्यक्ष राजेन्द्र काफ्लेले बताए । धाम उत्पत्तीकर्ता धर्मगुरु विकास राईका अनुसार डाङ्ग्रे बाबा भगवान् विश्वकर्माको देब्रे अंग हुन् ।

कार्यक्रममा किरात राई यायोक्खा पथरी शनिश्चरे नगर कार्यसमितिका कलाकारहरुबाट साकेला सिली प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा समितिकी सल्लाहकार लक्ष्मीदेवी कार्कीको परिवारबाट धाम समितिलाई हात्तीको मूर्ति प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभा सदस्यद्वय ऐतराज नेम्वाङ ‘सन्तोष’ र गोमा पर्वते, धाम उत्पत्तिकर्ता धर्मगुरु राई, धामका संरक्षकद्वय इन्द्रजीत चौधरी र चन्द्रबहादुर तामाङ, किराया पथरी शनिश्चरे नगर कार्यसमितिका अध्यक्ष डम्बर राई, किराया पथरी शनिश्चरे–१ का अध्यक्ष बलबहादुर राई, साकेला सिली संयोजक देवराज राई, सिली मपा गजेन्द्र राई र सिली ममा मनिता राई लगायतले समेत डाङ्गे्र बाबा धामको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिका सचिव रोशन नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार अमित खम्बूले गरेका थिए । कार्यक्रम अन्तर्गत धाम परिसरमा साँझ किर्तनको समेत आयोजना गरिएको सहसचिव अशोक वान्तवा राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *