September 15, 2026

आज दसैंको छैटौं दिन

काठमाडौं , असोज २४ /नेपालीहरुको महान् चाड बडादसैको छैटौं दिन आज कात्यायनी भगवतीको पूजा आराधना गरिंदै छ । बडादसैं अन्र्तगत घटस्थापनाबाट सुरु हुने नवरात्रको नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीलाई पुजिने गरिन्छ ।

आज देशभैरका नवदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । उपत्यकामा पशुपति–गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली, इन्द्रायणी लगायतमा दर्शनार्थीको भीड लागेको छ ।
त्यस्तै उपत्यका बाहिरका विभिन्न दुर्गा भवानीको मन्दिरहरुमा पनि आज सर्वसाधारणको घुईंचो लाग्ने गरेको छ ।