September 15, 2026

राजमार्गमा मनिर्ङ वाक प्रतिबन्ध

बिर्तामोड,असोज २४ ।झापाका  मुख्य राजमार्गमा मनिर्ङ वाक गर्न प्रहरीले  पैदल यात्रीलाई प्रतिबन्ध लगाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले  मुख्य राजमार्गमा मनिर्ङ वाक नगर्न र सवारी नियन्त्रित गतिमा चलाउन सवारी चालकलाई अनुरोध गर्दै आज माइकिङ गरेको छ ।
मनिर्ङ वाकका क्रममा दुइदिन अघि झापा बिर्तामोडका युवा व्यवसायी जनकुमार विकको मृत्यु भएपछि राजमार्गमा मनिर्ङ वाक असुरक्षित ठहर गरी त्यस्तो अनुरोध गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।