September 15, 2026

श्रीमान् नै परिवार छाडेर भागे पछि…

0

       बुधबारे । अन्तर्रजातिय विवाह गरेर दुई सन्तानको जन्म भएपछि सन्तानको लालन पालनमा लाग्नुपर्ने श्रीमान्…

बुधबारे ।

अन्तर्रजातिय विवाह गरेर दुई सन्तानको जन्म भएपछि सन्तानको लालन पालनमा लाग्नुपर्ने श्रीमान् नै परिवार छाडेर भागे पछि झापा बुद्धशान्तिमा एक परिवार समस्यामा परेको छ ।

बुद्धशान्ति–४ का चेतनाथ पुरी आप्mनी श्रीमति पवित्रा शिवा पुरी र छोरीहरु ७ वर्षीया मनिका र १४ वर्षीया मनिता पुरीलाई डेरामा त्यसै छाडेर भागेपछि त्यो परिवार समस्यामा परेको हो । आर्थिक अवस्था कमजोर भएको सो परिवार अतिआवश्यकीय कुराहरुको अभावमा दिन काट्न बाध्य छ, । श्रीमान् वेपत्ता भएको ५ वर्ष पूरा भएको पवित्राले बताइन् ।

जतिवेला उनीहरुको प्रेम सम्बन्ध चल्दै थियो त्यतिवेला पवित्राले आप्mना प्रेमीलाई पटक–पटक भनिन् ‘तपाईं ठूलो जातको हुनुहुन्छ, म सानो जातको, हामीलाई परिवार–समाजले स्विकार गर्न सक्दैन ।’

उनले जति पटक जातकै आधारमा हामी विवाह गर्न सक्दैनौं भनिन् त्यति नै पटक ‘समाजलाई हामीले हो देखाउने, जातभातको पछि लाग्नुहुन्न, हामी मिलेर बस्ने हो हामी बिचको प्रेम खस्किुनु हुँदैन तब जसले जे भनेपनि केहि हुनेवाला छैन ।’– भनेर उनका प्रेमीले विवाह पूर्व गरेका बाचा सम्झँदै झापा बुद्धशान्ति–३ मा वस्दै आएकी ३७ वर्षिया पवित्रा शिवा पुरीले मलिन स्वरमा भनिन् ‘हामी १० बर्ष सँगै बस्यौं, वितेको ६ बर्षदेखि उहाँ हामीलाई छाडेर जानुभयो ।’

स्थायी बसोवास झापा बुद्धशान्ति–४ का चेतनाथ पुरी र पवित्रा शिवाको विवाह वि.स. २०६१ सालमा भएको थियो । उनीहरुका दुई छोरी छन् । ७ र १४ वर्षिया छोरीहरु क्रमश कक्षा ३ र ८ मा बुद्धआदर्श मावि बुधबारेमा पढ्छन् । श्रीमति र छोरीहरुलाई छाडेर चेतनाथ वेपत्ता भएपछि पवित्राको जीवन सघर्षपूर्ण ढंगले चलिरहेको छ ।

‘श्रीमान् आउने आशा अझै मरेको छैन, सायद त्यहि आशाले जिवन जिइरहेको छु, यी छोरीहरुको भविश्य कस्तो होला भनेर सँधै मन रोइरहन्छ ।’ पवित्रा शिवाले भनिन् ‘सामान्य मजदुरीको कामले खान लाउन पनि पुग्न सकेको छैन, छोरीहरुको उज्जवल भविश्य बनाउन सक्दिन भन्ने ठूलो पीर छ ।’

उनले श्रीमान्को परिवार बुद्धशान्ति–४ मा भएपनि जातकै आधारमा आफूलाई स्विकार गर्न नसकिरहेको बताइन् । उनले परिवारलाई वर्तमानमा भोगिरहेको पीडा बुझिदिन अनुरोध गरिन् र भनिन् ‘यी दुई छोरीहरु बुवा अनि हाम्रो परिवार खोई भनेर सोध्छन्, मैले के जवाफ दिनु ?’

‘श्रीमान् र म बीच नराम्रो खासै केहि थिएन, मजदुरीका निम्ति कहिले कता कहिले कता जानुहुन्थ्यो’ पवित्राले भनिन् ‘विस्तारै जाँडरक्सी खाने जस्ता लतले उहाँलाई दम रोग देखिएको थियो, उहाँलाई जसो तसो निको पारियो, निको भएपछि उहाँ वेपत्ता हुनुभयो ।’

चेतनाथ र पवित्रा विवाह बन्धनमा बाँधिएपछि सिक्किम तिर बँसाई सरे । त्यहाँ उनीहरु ९ वर्ष वसे । श्रीमान्लाई दमको विराम देखिएपछि श्रीमान्कै अनुरोधमा उनीहरु झापाको बुद्धशान्ति आएर वस्न थालेको पवित्राले बताइन् । आप्mना दुईसासु एक ससुरा भएको बताउने उनले परिवारसँग सहयोग र साथ मागे पनि पाउन नसकिरहेकोे दुःखेसो पोखिन् ।

पीडैपीडामा बाँचिरहेको बताउने पवित्राले नानीहरुलाई चाहेर पनि केहि दिन नसकेको गुनासो राखिन् । ‘नानीहरुलाई कापी, कलम, डे«स आवश्यक परिरहन्छ तर किनिदिन सक्ने क्षमता छैन’ मलिन श्वरमा भनिन् । त्यतिमात्र होइन बुवाको माया, ममता, स्नेह र अभिभावकत्व पाउन लालाहित ती दुई छोरीले ‘बुवा कहिले आउनुहुन्छ ? भनेर सोध्छन् तव पवित्रा शिवा निशब्द हुन्छिन् । उनीसँग त्यो प्रश्नको कुनै जवाफ नै छैन ।

उनले आप्mना पतिलाई जहाँ भएपनि तपाईंको यादमा तपाईंकी श्रीमति बाँचिरहेकि छिन् है भनेर सुनाइदिन पतिका बारे जानकारी भएकाहरुलाई अनुरोध गरिन् । पतिले सम्पर्क गर्न चाहे ९८१६०२२१४७ मा सम्पर्क गर्न अनुरोध गरिन् । पवित्राले कारुणिक स्वरमा आर्थिक अभावका कारण छोरीहरुलाई शिक्षादिक्षा दिने कुरामा आफू चुकिरहेको बताउँदै छोरीहरुको शिक्षादिक्षाका निम्ति कुनै संघसंस्था तथा सहयोगी मनहरुबाट सहयोग मिले जिवनभरको गुन सम्झने बताइन् । ‘मेरो जिवन त जसो तसो काट्छु तर छोरीहरुलाई स्तरीय शिक्षा दिने ठूलो धोको छ’– उनले भनिन् ‘तर सकिरहेको छैन ।’

उनले कान्छी छोरी मनिकालाई बाबा विदेश कमाउन जानुभएको भनेर वास्तविकता अझै लुकाइरहेको बताइन् । कान्छी छोरी मनिकालाई उनको बाबा बारे बुझ्दा ‘बाबा विदेश पैसा कमाउन जानुभएको छ, भोली पर्सी आउनु हुन्छ ।’ भनिन् । ‘अनि बाबाले विदेशबाट के ल्याइदिए हुन्थ्यो जस्तो लागेको छ’ भनेर सोध्दा ७ वर्षिया मनिकाले भनिन् ‘केही ल्याइदिनु पर्दैन, बास् बाबा आएपुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *