September 15, 2026

काङ्ग्रेसद्वारा सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाको विरोध

0

       काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल…

काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको घोर विरोध गरेको जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *