September 20, 2026

ग्वाटेमालाको कारागारमा गोली हानाहान ८ को मृत्यु, २० जना घाइते

0

       एजेन्सी । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको एक कारागारमा गोली हानाहान हुँदा कम्तिमा…

एजेन्सी ।

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको एक कारागारमा गोली हानाहान हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ।

गोली हानाहानमा २० जना घाइते भएका छन्। उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

अधिकारीहरुका अनुसार दुई कैदीबीचको झगडाले उग्र रुप लिएपछि गोली चलेको थियो। कारागारमा थप हिंसा फैलिन नदिन १५ सय सेना र प्रहरी परिचालन गरिएको बीबीसीले जनाएको छ।

कैदी बन्दीले झण्डै ८ घण्टा कारागार नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *