September 20, 2026

बाह्रदशीमा भीमसेनको मन्दिर

0

       बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ मा भीमसेन मन्दिर निर्माण गरिने भएको छ…

बिर्तामोड।

झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ मा भीमसेन मन्दिर निर्माण गरिने भएको छ । नेवाः देय् दबूः बाह्रदशीले निर्माण गर्न लागेको भीमसेन मन्दिरको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले शिलान्यास गरे ।

नेवाः देय् दबूः बाह्रदशी गाउँपालिका समितिका अध्यक्ष रामकुमार नेवारको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी बाह्रदशी समितिकी सचिव रोशनी श्रेष्ठले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेवाः देय् दबूः झापाका अध्यक्ष दिनेश शाक्य, नेपाल आदिवासी जनजाति झापा जिल्ला समन्वय समितिका अध्यक्ष भरत श्रेष्ठ, आदिवासी जनजाति महासंघ बाह्रदशीका अध्यक्ष दीपक लिम्बू, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नं. ४ का वडाध्यक्ष समिम मिया लगायतले शुभकामना मन्तव्य राखेको नेवाः देय् दबूः झापाकी सचिव तीलरुपा श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा भीमसेन मन्दिर तथा भवन निर्माण गर्न दश धुर जग्गा प्रदान गर्ने दुर्गादास प्रधानलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ५० लाख रुपैयाँको लागतमा भीमसेन मन्दिर र भवन निर्माण गरिने निर्माण समितिका संयोजक प्रेम श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *