May 1, 2026

हावाहुरी र चट्याङका कारण लाखौँको क्षति

0

23     23Shares दाङ । जिल्लामा बिहीबार राति आएको हावाहुरी र चट्याङका कारण जिल्लाका विभिन्न स्थानमा क्षति…

दाङ ।

जिल्लामा बिहीबार राति आएको हावाहुरी र चट्याङका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुयाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार हावाहुरीका कारण राजपुर गाउँपालिका-१ गुरुङखोलामा रहेको ज्योति आधारभूत विद्यालयको एक लाख पचास हजार रुपैयाँबराबरको क्षति भएको छ।

यस्तै, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीमा पनि हावाहुरीका कारण एक लाखबराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए। यस्तै, हावाहुरीका कारण सोही गाउँपालिका-१ कटबेरवा बस्ने बासुदेव डाँगीको भान्सा घरको जस्तापाता उडाउँदा २५ हजार, सोही ठाउँकी गीता सार्कीको कच्ची घर भत्किँदा एक लाख ७५ हजार,चन्द्रकला बिसीको कच्ची घरको पर्खाल भत्किँदा एक लाख, रुङखोला बस्ने विष्णुबहादुर बुढाको घर भत्किँदा दुई लाख ५० हजार, दुई मटेरिया बस्ने झुमलाल कुँवरको भान्सा घर भत्किँदा ५० हजार रुपैयाँबराबरको क्षति भएको छ।

यस्तै, सोही गाउँपालिका-३ प्रतापपुर बस्ने हरिप्रसाद चौधरीको विद्युत मिटर बक्समा चट्याङ पर्दा १५ हजारबराबरको क्षति भएको बताइएको छ। त्यस्तैगरी, घोराही ५ शीतलपुरनिवासी रामकुमार थापाको घर र सोही ठाउँका पहल सिंह वलीको कुखुरा फर्मको टिन छानो उडाएको, विनोद बस्नेतको गोठको टिन उडाएको,मुक्तबहादुर केसीको टिनले छाएको गोठ भत्किएको प्रहरीले बताएको छ। त्यसैगरी, असिना पानीले तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको थाहाखबरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *