कांग्रेस प्रवक्ताको प्रश्न : तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?
133 133Shares काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो…
काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई विभिन्न योजना केन्द्रित गरेकोमा आलोचना गरेका छन।
शुक्रबार सामाजिक संजाल ट्विटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरेका छन, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?’ दमक झापाको नगरपालिका हो।
जुन झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ। जुन क्षेत्रबाट नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेटरप्याडमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेर लेखिएको पत्र पनि सामाजिक संजालमा राखेका छन। जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा विभिन्न योजनाहरू राखिदिनू भनेर लेखिएको छ।-थाहाखबर
