विवाह वर्षगाठमा अनाथ र अपाङ्गता भएकालाई सहयोग
44 44Shares बिर्तामोड। पछिल्लो समय जन्मदिन, विवाह वर्षगाठ, विवाह लगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने…
बिर्तामोड।
पछिल्लो समय जन्मदिन, विवाह वर्षगाठ, विवाह लगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो छ ।
तर, त्यस्ता कार्यमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गर्नेहरु पनि समाजमा प्रशस्तै भेटिन थालेका छन् । यसैक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापाले आफ्नो १२औं विवाह वर्षगाठ अपाङ्गता भएका बालबालिकाहरुसँग मनाएका छन् ।
वीरता जेसीजको आयोजनामा वीरता जेसीजका अध्यक्ष विशाल थापा र प्रथम लेडी समृद्वि लुइँटेल थापाले आफ्नो १२आंै विवाह वर्षगाठको अवसरमा बिर्तामोडमा रहेको तारा नमस्ते बालआश्रम र अर्जुनधारा नगरपालिका–७ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुलाई लत्ताकपडा, खाद्यान्न र मिष्ठान्न वितरण गरेर विवाह वर्षगाठ मनाएका हुन् ।
वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायण पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रथम लेडी समृद्धि लुइँटेल थापाको संयोजकत्वमा भएको थियो । कार्यक्रममा तारा नमस्ते बाल आश्रमकी व्यवस्थापक यशोदा पोखरेललाई खाद्यान्न, लत्ताकपडा र मिष्ठान्न प्रदान गरिएको थियो । कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष दिवाकरलाल चौधरीले आस्था वाचन गरेका थिए भने महासचिव कुशल खतिवडाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
त्यस्तै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा भएको कार्यक्रम अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडा सदस्य अर्जुन मेचेको प्रमुख आतिथ्यमा भएको थियो । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता भएको कार्यक्रममा अपाङ्ग बालबालिका शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाललाई खाद्यान्न, लत्ताकपडा र मिष्ठान्न प्रदान गरिएको थियो ।
कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष जीवनकुमार खड्काले आस्था वाचन गरेका थिए भने महासचिव कुशल खतिवडाले कार्यक्रम सञ्चालन गरेको सामाजिक सञ्जाल संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।
