September 15, 2026

परम्परागत शैलीमा मौरीपालन

0

19     19Shares इलाम। मौरीपालन र प्रशोधनको नयाँ तरिका भित्रिए पनि ग्रामीण क्षेत्रमा भने पुरानै तरिकाले मौरीपालन…

इलाम।

मौरीपालन र प्रशोधनको नयाँ तरिका भित्रिए पनि ग्रामीण क्षेत्रमा भने पुरानै तरिकाले मौरीपालन गरिँदै आइएको छ । नयाँ पद्धतीको प्रयोग नहँुदा उत्पादन कम हुने भए पनि तालिम मौरीघार र उपकरण नहँुदा पुरानै तरिकाले मौरीपालन गरिने गरेको हो । ‘हामीलाई नयाँ कुरा आएन, पुरानो तरिका छाडिीएन’ रोङ गाउँपालिका वडा नं. ६ का राजु राईले भने ।

मौरीपालनबाट बढी फाइदा लिन आधुनिक घार उपयोगी रहेको छ । जसमा अलग–अलग रुपमा महकक्षमा मह मात्रै, र छाउरा कक्षमा कुट र बच्चा रहने र आवश्यकता अनुसार तिनीहरुलाई निकाल्न सकिने हुन्छ । आधुनिक महदानीको प्रयोगबाट चाकाबाट महमात्र निकालिने भएकोले चाका सुरक्षित रहँदा मौरीलाई मह बनाउन सजिलो र छिटो हुने भए पनि गाउँका धेरैजसो किसानले परम्परागत मुढे घारको प्रयोग गर्ने गरेका छन् ।

जसका कारण घारबाट मह कुट र बच्चाहरु छुट्याएर निकाल्न नसक्दा कम उत्पादन हुने गरेको रोङ गाउँपालिका वडा नं. ६ का मौरीपालक किसान गणेशमान राईले बताए ।

औषधीय गुणको भण्डार रहेको कारण आन्तरिक र बाहिरी बजार राम्रो रहेकोले किसानहरुको आर्थिक प्रगतिको मार्ग हुन सक्ने साथै स्वास्थ्य र वातावरण संरक्षणमा पनि मौरीपालन सहयोगी देखिएकोले रोङ गाउँपालिकाले मोरी रिसर्च सेन्टर नै स्थापना गरेर मौरीपालन, मौरीपालन सम्बन्धी सीप बिकास गर्दै उपकरण समेत बिक्रीबितरण समेत गराउन थालेको मौरी बिकास केन्द्र किटेनीका प्रमुख कुमार मोक्तानले बताए ।

अहिलेसम्म रोङ गाउँपालिकाको वडा नं. १ बाहेक अन्य पाँच वटा वडाका किसानहरुलाई समूहगत रुपमा तालिम दिइ सामग्री समेत वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *