September 15, 2026

कल्भर्ट निर्माण समितिको अध्यक्षमा गौतम

0

8     8Shares खुदुनाबारी। अर्जुनधारा नगरपालिका–३ स्थित कुम्भिटार देवीथान बाटो मर्मत तथा कल्भर्ट निर्माण उपभोक्ता समितिको अध्यक्षमा…

खुदुनाबारी।

अर्जुनधारा नगरपालिका–३ स्थित कुम्भिटार देवीथान बाटो मर्मत तथा कल्भर्ट निर्माण उपभोक्ता समितिको अध्यक्षमा चन्द्रप्रसाद गौतम चयन भएका छन् ।

नवगठित समितिको उपाध्यक्षमा रमेश भण्डारी, सचिवमा यज्ञरथ रिजाल, कोषाध्यक्षमा सुशिला निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा नारायणी सुवेदी, चन्द्रा बराइली, इन्द्र गुरुङ र टेकनाथ नेपाल रहेका छन् ।

नगरपालिका मार्फत वडा कार्यालयले आठ लाख रुपैयाँ विनियोजित रकमले कल्भर्ट निर्माणको काम सो समितिले गर्न सक्ने वडाध्यक्ष जीवनकुमार भण्डारीले बताए । जनसहभागिताबाट ६४ हजार सात सय ५९ रुपैयाँ ५८ पैसा रहेको उनले जानकारी दिए ।

सो क्षेत्रमा पुल निर्माण हुँदा सयौँ स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । शुरु भएको योजना असार १० भित्रमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *