April 30, 2026

स्वास्थ्य शिविरबाट मिक्लाजुङ्बासी लाभान्वित

0

1     1Share बिर्तामोड। रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ दमक, रोट्रयाक्ट क्लब अफ बिर्तामोड…

बिर्तामोड।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ दमक, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा पाँचथरको मिक्लाजुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. १ र वडा नं. २ वडा कार्यालयले संयोजन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बिर्तामोडको बिएण्डसी अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गरेको थियो । शिविरमा जेनेरल फिजीसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञले सेवा प्रदान गरेका थिए भने महिलाको पाठेघरको समेत जाँच गरिएको थियो ।

त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा विशेषज्ञसहितको टोलीले आँखा जाँच, निःशुल्क औषधि र चस्मा समेत उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सन्तकुमार शेर्माको अध्यक्षता तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष शुभ कुमाई पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थिाये ।

शिविरमा मिक्लाजुङ, सप्तमी, पञ्चमी, फाल्गुनन्द, दशमी, रवि, भालुटार लगायतका बासिन्दाले सेवा लिएका थिए । मिक्लाजुङ गाउँपालिका– २ सप्तमी बजार स्थित युवा वर्ष माविको प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा आकस्मिक उपचारको तालिम डा. मुक्ति भट्टराईले दिएका थिए भने ४० वटा ‘फस्ट एड बक्स’ समेत वितरण गरिएको थियो ।

सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका १ र २ वडाका आठ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको ‘हामीलाई पनि जाडो लाग्छ’ कार्यक्रम अन्तर्गत रही ज्याकेट वितरण गरिएको विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष शरद जोशीले बताए ।

शिविरमा नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ मेची युनिट, इन्नर ह्वील क्लब अफ बिर्तामोड मिडटाउन र नेपाल रेडक्रस सोसाइटी फिदिमले समेत सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *