September 13, 2026

मेरो तालिम घर उद्घाटनमा गुरुको सम्मान

0

बिर्तामोड , 

झापाको अर्जुनधारा – ८ मा निर्माण गरिएको मेरो तालिम घर बिहीबारदेखि सञ्चालनमा आएको छ ।

शनिश्चरे तेक्वान्दो डोजाङले प्रशिक्षण प्रदान गर्ने गरी निर्माण गरिएको मेरो तालिम घरको उद्घाटन नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाश समशेर राणाले गरेका थिए ।

शनिश्चरे तेक्वान्दो डोजाङका प्रशिक्षक कुमार भट्टराईले १० धुर जमिन उपलब्ध गराएपछि उक्त जग्गामा करिब १४ लाख रुपैयाँको लागतमा एउटा तालिम हल, दुई वटा चेन्जिङ रुम, दुई वटा शौचालय , एउटा स्टोर रुम र एक कार्यालय कक्ष निर्माण गरिएको हो ।

शनिश्चरे तेक्वान्दो डोजाङका अध्यक्ष मदन बुढाथोकीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाश समशेर राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा तेक्वान्दो संघका जिल्ला अध्यक्ष बाबुलाल सुब्बाले स्वागत गरेका थिए ।

शनिश्चरे डोजाङका संस्थापक गुरु जितेन्द्र मेचेलाई चाँदीको मेडलसहित सम्मानपत्रले सम्मान गरिएको कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख टहलदास मैनाली, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना र तेक्वान्दोका संंस्थापक अध्यक्ष दीपराज गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन शनिश्चरे डोजाङका प्रशिक्षक तथा जग्गादाता कुमार भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *