September 16, 2026

धरानको कोभिड अस्पतालका सबै बेडमा अक्सिजन जडान

0

काठमाडौं,

प्रदेश १ मा लक्षण सहितको कोभिडका संक्रमित बढन थालेपछि बेड र गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न आइसियु र भेन्टिलेटरको अभाव छ।

यस्तोमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ वटा हाइ डिपेन्डन्सी युनिट सञ्चालनमा ल्याउने भएको छ। कोभिड अस्पतालको प्रत्येक बेडमा अक्सिजन पोर्ट पनि जडान गर्ने भएको छ। दुई दिनभित्र सबै बेडमा अक्सिजन पोर्ट जडान गरिसक्ने प्रतिष्ठानले जनाएको छ।

कोभिड अस्पतालमा १० वटा भेन्टिलेटर,१० वटा पाइपरहित भेन्टिलेटर र गम्भीर अवस्थाका संक्रमितलाई उपचार गर्न उच्च प्रविधिको नासल क्यानुला जडान गर्ने भएको छ।

केही समयपछि पुनः अक्सिजन पोर्ट सहितको ४० बेड थप्ने तयारी भइरहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘हालसम्म प्रतिष्ठानमा सबै संक्रमितको उपचार नि:शुल्क हुँदै आए पनि अब सरकारको निर्देशनअनुसार शुल्क लिइने छ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *