राहत कोषमा नेपाल अलैंची व्यवसायी महासंघद्धारा लाख रुपैंया प्रदान
विर्तामोड ।

नेपाल अलैंची व्यवसायी महासंघले बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, कोषाध्यक्ष निमेश मित्तल , सदस्यहरु सुजित वंशल ,होम सिटौला , सल्लाहकार पवन विन्दल , कार्यकारी अधिकृत अनिल ढुंगाना लगायतको टोलीले बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरेको थियो ।
कोभिड–१९ त्रासका कारण भइरहेको लकडाउनमा बिर्तामोड क्षेत्रमा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भन्ने उद्धेश्यले खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि उक्त रकम सहयोग गरेको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव भट्टराईले बताए ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले लकडाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक समस्यामा परेपछि उनीहरुको राहतका लागि बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको कोष स्थापना गरेको छ ।
