वगानमा कार्यरत श्रमिकलाई राहत उपलब्ध गराउन माग
सुरुङ्गा,
झापामा सञ्चालित चिया बगानमा कार्यरत मजदुरहरुले समयमा ज्याला नपाएको र लामो समयसम्म लकडाउन हुँदा आफूहरु भोकभोकै मर्नु पर्ने अबस्था सृजना भएको बताएका छन् ।
श्रमिक सम्वद्ध उद्योग प्रतिष्ठानले श्रमिकलाई समयमा ज्याला नदिएको र सरकारले समेत राहत बितरण नगर्दा मजदुरलाई समस्या भएको भन्दै नेपाल टे«ड युनियन कांग्रेस झापाले चिया श्रमिकलाई तत्काल राहत उपलब्ध गराउनु पर्ने माग गरेको छ ।
टे«ड युनियन झापाका सभापति यज्ञप्रताव अधिकारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइसर कोभिड १९ को संक्रमण नेपालमा फैलन नदिन मुलुक लकडाउन भएसंगै दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भोकभोकै मर्नु पर्ने अबस्था सृजना भएको बताउनुभयो ।
‘मजदुर काम विहीन भएर घरमा बसेका छन् उनीहरु कार्यरत उद्योग प्रतिष्ठानले पनि मजदुरले पाउनु पर्ने ज्याला दिएको छैन, यो अवस्थामा राज्यले पनि राहत नदिदा उनीहरु र उनीहरुका परिवार भोकभोकै मनुपर्ने अबस्था सृजना भएको छ उनीहरुलाई तत्काल राहत उपलब्ध गराइनु पर्छ’ अध्यक्ष अधिकारीले भन्नुभयो – ‘जसका लागि चिया वगानमा कार्यरत मजदुरका लागि सरकारले छुट्टै राहत प्याकेज घोषणा गर्नु पर्छ ।’
काम विहीन भएर घरमा बसेका मजदुरलाई गुजार चलाउन मजदुरको ज्याला तत्काल उपलब्ध गराउन चिया उद्योग, प्रतिष्ठानसंग नेपाल टे«ड युनियन कांग्रेसले माग गरेको छ । एक विज्ञप्ति प्रकाशित गर्दै कतिपय चिया वगानमा कार्यरत मजदुरलाई यस्तो जोखिमको अबस्थामा पनि असुरक्षित तरिकाले काममा लगाउने कार्यमा सरकारबाट आदेश हुनु दुर्भाग्य हो भन्दै विद्यमान अबस्थामा मजदुरलाई असुरक्षित तरिकाले काममा नलगाउन सम्वन्धित उद्योग प्रतिष्ठानलाई आग्रह गरिएको छ ।
सरकारले चिया वगानमा कार्यरत श्रमिकका लागि तत्काल राहत प्याकेजका कार्यक्रम नल्याए भोका श्रमिक र उनीहरुका परिवार सडक निस्कने अबस्था आउने भन्दै सरकारलाई श्रमिकका विषयमा गम्भीर बन्न टे«ड युनियनको आग्रह छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरको अध्यक्षतामा बसेको सर्बक्षीय बैठकले चिया वगानमा सिञ्चाई गर्ने,विषादी छर्कने, नालाहरु सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने लगायतका काम स्वास्थ्य सम्वन्धि मापदण्ड अपनाएर मात्र गर्न ÷ गराउने निर्णय गरेको छ
