राहत कोषमा बिर्तामोड उद्योग वाणिज्य संघद्धारा एक लाख प्रदान
विर्तामोड ।

बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा बिर्तामोड उद्योग वाणिज्य संघले एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।
कोभिड–१९ त्रासका कारण भइरहेको लकडाउनमा बिर्तामोड क्षेत्रमा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भन्ने उद्धेश्यले खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि उक्त रकम सहयोग गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।
संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्षहरु राजु न्यौपाने , नारायण चिमरिया , कोषाध्यक्ष मनोज अग्रवाल , सदस्य सञ्जिव घिमिरे, व्यवसायी भरत ओडारीलगायतकोे टोलीले बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरेको संघका कार्यालय सचिव राजु गौतमले जानकारी दिए ।
