June 28, 2026

कोरोना संक्रमित चारै जनाको अवस्था सामान्य

0

काठमाडौँ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दिए ।

उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए ।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए । उनले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरुको पनि निगरानी गरिरहेको जानकारी दिए ।

उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार गरिहेको छ । यसैगरी गत चैत ४ गते बेल्जियम बाट नेपाल आएकी वाग्लुडकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य पहिलेको भन्दा सुधार रहेर सामान्य अवस्थामा आएको धौवलागिरी अस्पताल वाग्लु मेडिकल सुपरीटेन्डेट डा. शैलेन्द्र विके पोखरेल जानकारी दिए ।

ती युवतीसंगै पोखरा गएका र उनीसंग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौ पठाइसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *