June 28, 2026

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने

0

जनकपुर ।

धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई दश लाख उपलब्ध गराउने भएको छ ।

नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसका साथै ‘लकडाउन’को अवधिभर नगरपालिकाअन्तर्गत कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म ल्याउने, घर पुर्‍याउने र आवश्यकतानुसार जनकपुरस्थित प्रादेशिक अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *