June 28, 2026

आगलागीबाट २० लाख बराबरको क्षति

0

ओखलढुङगा ।

ओखलढुङगा सुनकोशी–१० कुसादेवी घरभएका महेश्वर बास्तोलाको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

आज बिहान बास्तोलाको घरमा बिधुत सटभई आगलागी हुँदा घरका साथै भाडावर्तन, अन्नपात,लत्ताकपडा तीन तोला सुन, ७ तोला चाँदी र नगद एक लाख ५० हजार समेत गरी जम्मा २० लाख रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगा जनाएको छ ।

आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आईसकेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *