June 28, 2026

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा

0

काठमाडौं,

कोरोना भाइरस रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार साँझ सम्म १७ करोड ४२ लाख ४१ हजार जम्मा भएको जनाएको छ।

सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ आउने क्रममा रहेको जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

सरकारले चैत ९ गते उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन्। कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *