कोटिहोमको भेटी डेढ करोड नाघ्यो
झापा ।
गएको कातिक २७ देखी झापाको सताक्षीधाममा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख नाघेको छ ।
सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको यो भेटी रसिद बाट मात्र संकलन भएको हो । वालाचर्तुदशीका दिन समापन हुने धार्मीक महोत्सवको साँझको गंगा आरती, १०८ कुण्डको कोटिहोम र खेल तमासा सर्वसाधरणलाई विषेस आकर्षक लागेको भक्तजनले बताएका छन ।
महोत्सवमा धान, चामल, घ्यु, तिल, जौं, नुन पनि अपेक्षा गरेभन्दा बढी संकलन भएको छ । यसको परिमाण मापन नगरिएपनी आयोजक सचिवालय समितिका अनुसार धान ५० क्वीटल, चामल ८० क्वीन्टल संकलन भएको अनुमान छ । महोत्सव सचिवालय सदस्य आचार्य पंडित सोमनाथ सुवेदीका अनुसार कोटिहोम पुर्वका ६ महिना प्रचार प्रचारमै समय वितेको थियो । ‘कोटिहोममा देखिएका भक्तजन हामीले अपेक्षा गरेभन्दा सयौ गुणा वढी आएर आयोजक लाई साथ दिनुभयो, हामी वहाँहरु प्रति आभारी छौ, ।’उनले भने ।

कोटिहोम सम्पन्न गर्दा लाग्ने खर्च कटाएर वचेको भेटीले सताक्षीधाम क्षेत्रको सर्वाङ्गीण विकास हुने आयोजस समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले बताएका छन । ‘कोटिहोमबाट बचेको भेटी एक सुक्का पनि वाहिर जादैन सताक्षीधाम क्षेत्रको पुर्वाधार निर्माणमा खर्च हुन्छ,’उनले भने । आयोजकले महोत्सवबाट ३ करोड भेटी संकलन गर्ने अपेक्षा गरेको थियो । तर, भक्तजनको उत्साह र सहयोग वढ्न थालेपछि सताक्षीधााम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी स्वत वढ्ने अनुमान आयोजकले गर्न थालेको छ ।
महोत्सव मुल आयोजक समारोह समिति का सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म जिन्सी आईटम वाहेक शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख १३ हजार भेटी संकलन भएको छ । यो भेटी स्थानीय तहले सहयोग गरेको रकम वाहेक हो । आयोजक शिवसताक्षी नगरपालिका ले मात्र धार्मिक महोत्सव संचालन सहयोगार्थ १० लाख नगदै भुक्तान गरेको छ ।
आयोजक समितिका संयोजक सोम पोर्तेललका अनुसार जिल्लाका अन्य स्थानीय तहबाट पनि महोत्सव संचालन सहयोगार्थ नदग भेटी आउनेक्रम जारि छ । मेचिनगर, विर्तामोड , दमक लगायतका स्थानीय तहले निर्णय गरेको वुझिएपनी के कति निर्णय गर्यो भन्ने बारेका केहि नखुलेको संयोजक पोर्तेलले बताए ।
नेपालबाट भारत निकासीका लागि लैजादै गरेका, सडकका असाहाय र अपाङ्ग गाईकोसंरक्षण गर्ने उद्देश्यले शिवसताक्षीमा ५ वर्ष अघि गोलोक गोर्वद्र्धन गौसाला स्थापना भएको थियो । त्यै गौसालाले ५ वर्ष देखी सताक्षीधाम क्षेत्रमा वृहत धार्मीक अनुष्ठान गर्दे आएको थियो । यो वर्ष जिल्लाका स्थानीय तह संगको सहकार्यमा गौसालाले १०८ कुण्डको कोटिहोम आयोजना गरेको हो ।
