रेग्मीको निबन्ध संग्रह सखारै सखारैको विमोचन
मेचीनगर,

वरिष्ठ साहित्यकार चुडामणि रेग्मीको निबन्ध संग्रह सखारै सखारैको शनिबार विमोचन गरिएको छ । साहित्यकार रेग्मीको यो २८ औँ कृति हो ।
संग्रहको प्रकाशक भानु साहित्यक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको विमोचन कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलगायतका स्रष्टाहरुले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको विमोचन कार्यक्रममा डाक्टर ठाकुरप्रसाद पोखरेलले साहित्यकार रेग्मीको व्यक्तित्व र कृतित्वका बारेमा प्रष्ट पार्नुभएका थियो । २०१२ सालदेखि साहित्य साधना र राजनीतिमा लाग्नु भएका व्यक्तित्वका रुपमा स्थापित रेग्मी एक व्यक्ति नभएर एउटा संस्थाको रुपमा स्थापित साहित्य साधक रहेको डाक्टर पोखरेलले जानकारी गराउनुभयो ।

कृतिका बारेमा समिक्षा गदैं सम्पादक हरिनारायण भट्टराईले यो पुस्तकमा ७५ भन्दा बढी रचना रहेको तथा विश्व शाक्यका हास्यव्यङ्गदेखि इलामे जेठाका कवितासम्मका धेरै पढ्न पाईने बताउनुभयो ।
यसभन्दा अघि रेग्मीका कविता र काव्यहरु, कथा संग्रह, निवन्ध, समालोचना, कृतित्व र व्यक्तित्व, भाष व्याकरणलगायतका कृति प्रकाशित भइसकेको कार्यक्रममा जानकारी गराउनुभयो । यो पुस्तक पढेर आफ्नो मन, मस्तिष्क, स्वच्छ पानर्’का साथै अनुभव, अनुभूति साहित्य,राजनीति, पत्रकारिता, ज्ञान हासिलहुने समिक्षकहरुले विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि प्रहरी नायव उपरिक्षक गोविन्दकुमार कार्की, महाकाव्यकार हरिप्रसाद न्यौपानेलगायतले गीत तथा आ आफ्ना रचना पाठ गर्नुभएको थियो । साहित्यकार खगिन्द्रा खुशीले सञ्चालन गरेको विमोचन कार्यक्रममा सहभागी सवैलाई प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले स्वागत गर्नुभएको थियो ।
