September 20, 2026

विपिनलाई स्थानीयको सहयोग

0

बिर्तामोड ।

सवारी दुर्घटनामा परी खुट्टा भाँचिएर थला परेर खेती उठाउन नसकेका कनकाई नगरपालिका वडा नं.९ घैलाडुव्वाका विपिन चौधरीको धान काट्न जेष्ठ नागरिकसहित स्थानीय जुटेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी सेवा केन्द्र लक्ष्मीपुर र नारी चेतना महिला कृषि सहकारी घैलाडुब्वाको संयुक्त आयोजनामा ‘किसानसँग पुगौं’ भन्ने मुल नाराका साथ स्थानीय संघ÷संगठनका कर्मचारी तथा प्रतिनिधिहरु जुटेका हुन् ।
धान काठ्ने कार्यक्रममा सहारा नेपाल सेवा केन्द्रका सदस्य तथा कर्मचारी, नारी सचेतनाका सदस्य तथा कर्मचारी, घैलाडुब्बा जेष्ठ नागरिकका सदस्य, घैलाडुब्बा युवा क्लवका प्रतिनिधि, ऊँ शान्तिका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरीसहित ५५ जनाको सहभागिता थियो ।

शनिवार आयोजित धान काट्ने कार्यक्रममा सहारा नेपालका लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती, चारपाने सेवा केन्द्रका प्रमुख जगत कार्की, नारी सचेतनाकी सदस्य नर्वदा संग्रौला, घैलाडुब्बा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक डिल्लीकुमार खरेलको सहभागिता थियो ।

त्यस्तै घैलाडुब्बा जेष्ठ नागरिकका अध्यक्ष धनपति मैनाली, घैलाडुब्बा युवा क्लवका अध्यक्ष गोविन्द उप्रेती, ऊँ शान्तिकी ब्रमकुमारी ओशाका, जनप्रतिनिधिहरु मुना शिवा र राजेश लिम्बुलगायतको सहभागिता रहेको थियो । अर्काको डेढ विगाहा खेती जोतभोग गरेका चौधरीको ७ कठ्ठाको धान काटेको सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले बताए ।

सहारा नेपाल र नारी सचेतनाले विपन्न बर्गलाई माथि उठाउने उदाहरणीय कार्य गरेको चौधरीले बताए । ‘ मेरो खुट्टा भाचिएर रिनपान गरेर लगाएको धान उठाउन समस्या भएको थियो’ उनले भने ‘ मेरो लागि सहारा र नारी भगवान नै सावित भए ।’ यी संस्था जस्तै अन्य संस्थाले पनि विपन्न समुदायलाई सहयोग पुग्ने काम गर्न जरुरी रहेको उनको भनाई छ ।

अर्काको ढेड विगाहा खेती अधिया गर्दै आएका विपन्न वर्गका चौधरीको २०७४ माघ १ गते लक्ष्मीपुरबाट घैलाडुब्बा जाने क्रममा अटो पल्टिएर देब्रे खुट्टा भाँचिएको थियो । उनको खुट्टामा स्टील हालेकाले अझैसम्म ठिक नभएको चौधरीले बताए । ४६ बर्षिय चौधरी २ छोरा २ छोरी र श्रीमतीका साथ ससुरालीको जग्गामा घर बनाएर बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *