न्यू कञ्चनले बाँड्यो सदस्यलाई घरेलु बिषादी बनाउने ट्याङकी र बिउबिजन
बुधबारे ।

न्यू कञ्चन कृषि सहकारी संस्था लि. बुद्धशान्ति–३ झापाले एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यहरुलाई घरेलु विषादी बनाउने ड्रम तथा विउबिजन वितरण गर्नुका साथै तालिम समेत दिएको छ ।
संस्थाका कृषि उपसमिति संयोजक फणिन्द्र ढुङ्गानाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख कृष्ण ढुङ्गेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी सेयर सदस्यहरुलाई बिउबिजन बितरणका साथै घरेलु जैविक मलखाद बनाउने तामिका साथै सो बनाउने ड्रम समेत बितरण गरिएको थियो । सोही अवसरमा १९ वटा कृषक समूह समेत गठन गरिएको थियो ।
२०६६ सालमा स्थापना भएको यस सहकारीले सहकारी अभियान मार्फत बुद्धशान्तिको ग्रामिण क्षेत्रका कृषकलाई सहकारीको माध्यमबाट आर्थिक, सामाजिक उन्नतिमा सहयोग गर्दे आइरहेको संस्थाका उपाध्यक्ष सुरज दंगाल, लेखा समिति सदस्य बिष्णुमाया दाहालले शुभकामना मन्तय दिँदै बताएका थिए ।
संस्थाकी सञ्चालक समिति सदस्य हीरा सुवेदीले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दे स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खेमराज कट्टेल तथा व्यवस्थापक तीर्थ तिम्सिनाले संयुक्त रुपमा गरेका थिए ।
