September 20, 2026

शारीरिक सुगठनका रामबहादुर दाहाललाई सम्मान

0

बिर्तामोड ।

सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडले एक कार्यक्रमका बीच शारीरिक सुगठनका गोल्डमेडलिष्ट रामबहादुर दाहाललाई सम्मान गरेको छ ।

भारतमा भएको आइएफबीबी डायमण्ड कप इन्टरनेशनल बडीबिल्डिङ च्याम्पीयनसीप प्रतियोगीतामा २३ राष्ट्रलाई पछि पार्दै नेपालको तर्फबाट गोल्डमेडल प्राप्त गरि देशको नाम उच्च राख्न सफल भएको भन्दै उनलाई सम्मान गरिएको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेतले बताए ।

सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक मोहनविक्रम मल्लले स्वागत गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापा , पूर्व प्रहरी संगठनका १ नं. मेची अञ्चल संयोजक बलबहादुर श्रेष्ठ ,सम्मानित व्यक्ति गोल्डमेडलिष्ट रामबहादुर दाहाल लगायतले सरकारले खेलाडीहरुको सम्मान नगरीरहेको अवस्थामा सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडले खेलाडीको सम्मान गरेकोमा संस्थाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी संगठनका १ नं. मेची अञ्चल सचिव देवीभक्त आचार्य नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङका केन्द्रीय सदस्य दिपेन चौधरी संस्थाका सेक्युरीटी अफिसर चन्द्र लाले मगर लगायतको आतिथ्य रहेको थियो ।
सोही कार्यक्रममा संस्थाको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *