June 17, 2026

हरेकको व्यवहार पर्यटकमैत्री हुनुपर्नेमा मन्त्री  कुसियतको जोड

0

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

१ नम्बर प्रदेश सरकार अन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले आफ्नो देश घुम्न आउने हरेक पर्यटकलाई महत्व दिदैं अतिथि देवो भव भन्ने मुल मन्त्रलाई साकार पार्न सवैमा आग्रह गर्नुभएको छ । हरेक पर्यटक भगवान भएकाले भगवानको पूजा गर्नु भक्तको कर्तव्य हुन आउने मन्त्री कुसियतको भनाई थियो ।

शुक्रवार झापाको काँकरभिट्टामा ४० औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) को विधिवतरुपमा उद्घाटन गदैं मन्त्री कुसियतले उक्त भनाई राख्नुभएको हो । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का) रुपमा मनाउने घोषणा गरेको उहाँको भनाई थियो ।

जुन देश वा मुलुकले आफ्नो देशमा अत्यधिकरुपमा पर्यटक भित्रियाउन सक्छ त्यो देशको अर्थतन्त्र मजवुत हुने आर्थिक उन्नतिमा अघि बढ्ने, तथा समृद्घशाली बन्ने उहाँको तर्क थियो । संघीय सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपाली भन्ने कल्पना साकार पार्न पनि नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) लाई हरेकले आ आफ्नो क्षेत्रबाट ुसफल पार्नु सवैको दायित्व भएकाले त्यसतर्फ लाग्न मन्त्री कुसियतले सवैमा आग्रह गर्नुभयो ।

‘पर्यटन र रोजगार सवैका लागि राम्रो भविष्य’ भन्ने नाराका साथ पर्यटन कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दैं मन्त्री कुसियतले शान्तिका अग्रदुत गौतम बुद्घ जन्मेको देश यो भूमिमा बस्ने हरेक नेपाली शान्तिप्रिय बुद्घकै सन्तान भएका कारण आज विश्वका विभिन्न देशबाट पर्यटकहरु नेपाल घुम्न आउने गरेको प्रष्ट पार्नुभयो । नेपाल प्रवेश गर्नका लागि भारतलगायत अन्य छिमेकी देशसँग जोडिएका सीमानाकाहरु विभिन्न ठाउँमा छन् ।

तर नेपाल प्रवेशको पहिलो पूर्वीद्वार काँकरभिट्टा नाका निक्कै महत्वपूर्ण र सम्वेदशील रहेको उहाँको भनाई थियो । यो नाकाबाट भारत विहारबाट नभएर अमेरिका, वेलायत, जर्मनलगायतका नागरिकहरु यो नाका भएर प्रवेश गर्ने भएकाले यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायीहरुको बानी व्यवहार पर्यटक मैत्री हुनुपर्ने, मेचीनगर स्वच्छ सफा र हराभरा हुर्नुपर्र्ने मन्त्री कुसियतले तर्क राख्नुभयो । यसैका लागि प्रदेश सरकारले पूर्वीनाकामा भ्यु टावर राख्न लागेको र त्यसका लागि २ करोड रुपैयाँ विनियोजन भएको प्रष्ट पार्नुभयो ।

पर्यटन मार्फत आर्थिक समृद्धि हासिलको लक्ष्यमा यो अभियान निक्कै सार्थक बन्न सक्ने कार्यक्रमका अधिकाँश वक्ताहरुले बताएका थिए ।सरकारले अघि सारेको ‘समृद्घ नेपाल सुखी नेपाली ’ भन्ने सपना पुरा गर्न समेत भ्रमण बर्ष २०२० एउटा मेरुदण्डको रुपमा रहने विश्वास प्रदेश सभा सदस्यहर, स्थानीय सरकार प्रमुख, उपप्रमुखहरुले विश्वास व्यक्त गर्नुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि सातवटै प्रदेशमा ‘नेपाल पर्यटन वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समिति’ गठन भएको जानकारी कार्यक्रममा दिईएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव सञ्जीवकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, १ नम्बर प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समितिका सदस्य अर्जुन कार्की, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १ का महासचिव नवीन खरेल, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषि तिम्सिना, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठलगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

नेपाल पर्यटन वोडका निमित्त प्रमुख सुष्मिता दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन कार्यालयका कर्मचारी निरज कट्टेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *