September 13, 2026

उदयपुरबाट ६ जना लागुऔषध कारोबारी पक्राउ

0

उदयपुर,

उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोबार गर्ने ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बुधबार राति विशेष सुराकीको आधारमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा १ किलो गाँजासहित रौतामाई गाउँपालिका ७ बस्ने वर्ष २२ को युवराज मगरसहित ६ जनालाई पक्राउ गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *