June 13, 2026

हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि आँखा उपचार सेवा बन्द

0

रुकुमपूर्व,

हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि करीब दुई हप्तादेखि आँखा उपचार सेवा ठप्प भएको छ । सिस्ने गाउँपालिका–५ स्थित टाकुरामा रहेको आँखा उपचार केन्द्रको छाना जेठ १० गते हावाले उडाएपछि उक्त केन्द्र बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।हावाहुरीले भवनको टिनको छाना उडाएपछि त्यस दिनबाट आँखा उपचार केन्द्रको सेवा बन्द भएको कार्यालय प्रखुम विष्णु खनालले बताउनुभयो ।

“निरन्तर नागरिकको सेवामा लागिरहेका थियौँ”, उहाँले भन्नुभयो, “दैनिक १५ देखि २० सम्म आँखा जाँच गर्न तथा चश्मा लिन आउँथे”, हिमाली जिल्ला रुकुम (पूर्व) मै पहिलोपटक वैशाख २८ गते सञ्चालनमा आएको उक्त केन्द्रको सेवा विस्तार दुई हप्ता नपुग्दै हावाले छाना उडाएकाले सेवा बन्द भएको उहाँको भनाइ थियो ।

सेवा बन्द हुँदा जिल्लाका दुर्गम क्षेत्रबाट त्यहाँ पुगेका बिरामी समस्यामा परेका छन् । करीब दुई हप्ता बित्न लाग्दा पनि भवनको मर्मत नहुँदा सेवा सञ्चालन गर्न गाह्रो परेको केन्द्रका प्रमुख खनालले बताउनुभयो । सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष शान्तेबहादुर विकले भवन मर्मतको काम शुरु गरिएको बताउनुभयो । काम तीव्रगतिमा भइरहेकाले अबको केही दिनमै पुनः सेवा सञ्चालनमा आउने जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *