September 13, 2026

स्कुटी दुर्घटनामा नर्सको मृत्यु

0

सुनसरी,

कोसी राजमार्गअन्तर्गत धरान–इटहरी सडकखण्डको  विश्वकर्मा मन्दिर नजिक सोमबार राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ।

दुर्घटनामा धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो।

उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेकी तुम्बाले चलाएको को २६ प ५८१ नम्बरको स्कुटी ना ५ ख ४२४५ नम्बरको ट्रकसँग ठोक्किएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *