September 15, 2026

नवज्योति विद्यालयलाई प्रविधिमैत्री बनाइने

0

      बिर्तामोड। अर्जुनधारा नगरपालिका–५मा रहेको नवज्योति आधारभूत विद्यालयले विद्यालयको भावी शैक्षिक गतिवधिलाई अझ प्रभावकारी ढंगले लाने…

बिर्तामोड।

अर्जुनधारा नगरपालिका–५मा रहेको नवज्योति आधारभूत विद्यालयले विद्यालयको भावी शैक्षिक गतिवधिलाई अझ प्रभावकारी ढंगले लाने निर्णय गरेको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको सो विद्यालयले प्रविधिमैत्री शिक्षालाई जोड दिँदै निकट भविष्यमा नै डिजिटल माध्यमबाट पठनपाठनका लागि कार्ययोजना अघि बढाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार खतिवडाले जानकारी दिए ।

दाता चन्द्रकला थापाले पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि २०६५ सालमा स्थापना भएको सो विद्यालयमा अहिले एक सय १२ जना बालबालिका अध्ययनरत् छन् । अधिकांश बालबालिका दलित र जनजाति समुदायको अध्ययनरत् रहेको बताइएको छ ।

विद्यालयको गुणस्तर सुधारका लागि गर्न सकिने उपायका विषयमा सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रममा शिक्षक अभिभावक संघका डिल्ली सापकोटा, जग्गादाता थापा, व्यवस्थापन समिति सदस्य ओमप्रकाश लुइँटेल, जीवन थापा, ध्यानबहादुर भारती, डिल्ली सापकोटा, ओमप्रकाश पाठक लगायतले सुझाव दिएका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *