September 16, 2026

प्रहरी हुँ भन्दै ठग्ने दुई पक्राउ

0

      काठमाडौं, महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।…

काठमाडौं,

महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सीतापुर घर भई हाल वानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो।

३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका संचालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरूले ठगी गरि बैंकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। प्रहरीले कर्तव्यज्यान गरि फरार रहेका सल्यानका सुरेन्द्र भण्डारी, समिर भण्डारी र सुरेश घर्तीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

त्यसैगरी, यही जेठ ७ गते काठमाठडौंको मुलपानीस्थित सुनचाँदी पसल चोरीमा संलग्नहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो र चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको प्रहरीले जनाएको छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *