September 16, 2026

अर्विट र जयनेपालको सेमीनार

0

       चारपाने। बिर्तामाडमा एवरोड स्टडी इन्फर्मेसन सेमीनार सम्पन्न भएको छ । अर्विट इन्टरनेशनल एजुकेशन काठमाडौं…

चारपाने।

बिर्तामाडमा एवरोड स्टडी इन्फर्मेसन सेमीनार सम्पन्न भएको छ ।

अर्विट इन्टरनेशनल एजुकेशन काठमाडौं र जयनेपाल इन्टरनेशनल बिर्तामोडको संयुक्त आयोजनामा सेमीनार सम्पन्न भएको हो ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका दुई संस्थाले एकै थलोमा गरेको सेमीनारमा विद्यार्थी र अभिभावक गरेर दुई सय भन्दा बढी सहभागिता जनाएका थिए ।

जयनेपाल इन्टरनेशनल एजुकेशनका अध्यक्ष नवीनकुमार शिवाकोटीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् बिर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवाकोटीले गरेका थिए ।

कार्यक्रममा ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, ईक्यान महासचिव शेषराज भट्टराई, बिर्तामोड नगरपालिका वडा नं. २का अध्यक्ष नगेन्द्र संग्रौला, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य दीपक पाण्डे, उद्योग बाणिज्य संघ प्रदेश सदस्य बलराम कार्की लगायतको आतिथ्य रहेको थियो ।

सेमीनारमा वेद इन्टरनेशनलका आशिष कार्की, विवर्स इन्टरनेशनलका प्रदीप भुसाल लगायतका परामर्श बिज्ञहरुले सहजीकरण गरेका थिए । स्यारोन कन्सलटेन्सी प्रपर्टी भ्यालुएशन, माछापुछ्रे बैक, बैक अफ काठामाडौं, नवील बैकका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई शैक्षिक ऋण लिन गर्नुपर्ने प्रक्रियाका बारे जानकारी दिएका थिए ।

अष्ट्रेलिया, यू.एस.ए., जापान, न्युजिल्याण्ड, क्यानडा, यूके र यूरोपका विभिन्न देशमा अध्ययनको लागि बिद्यार्थी पठाउँदै आएको जयनेपाल इन्टरनेशनल एजुकेशनले कार्यक्रमबीच ईक्यान सदस्यता पनि प्राप्त गरेको थियो ।
औपचारिक कार्यक्रमको सञ्चालन सागर पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *