September 16, 2026

ट्याक्सी चालकले सडकमा भेटेको रकम प्रहरीलाई बुझाए

0

       झापा। दमकका एक ट्याक्सी चालकले सडकमा भेटिएको रकम प्रहरीलाई बुझाएका छन् । दमक–१ घर…

झापा।

दमकका एक ट्याक्सी चालकले सडकमा भेटिएको रकम प्रहरीलाई बुझाएका छन् ।

दमक–१ घर भएका ट्याक्सी चालक प्रल्हाद गौतमले दमक चौकको ट्याक्सी स्टेण्डमा शनिवार दिउँँसो भेटेका २९ हजार रुपैयाँ इलाका प्रहरी कार्यालय दमकमा बुझाएका हुन् ।

हराएको व्यक्तिले आफ्नो रकम दावी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाएका थिए ।

सडकमा छरपस्ट अवस्थामा पैसा झरेपछि सो पैसा सम्बन्धित व्यक्तिसम्म पुगोस् भन्ने हेतुले प्रहरीलाई बुझाएको गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *