June 19, 2026

आगलागीबाट २ करोडको क्षति

0

      उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुची बजारमा रहेको स्थानीय भरत थापाको तेजपत्ताको गोदाम घरमा अचानक…

उदयपुर ।

उदयपुरको रौतामाई गाउँपालिका-७ मुर्कुची बजारमा रहेको स्थानीय भरत थापाको तेजपत्ताको गोदाम घरमा अचानक आगलागी हुँदा करिव २ करोड मुल्य बराबरको क्षति भएको छ ।

बिहिवार बेलुका ६ बजे देखि शुरु भएको आगलागीमा निजको गोदाममा रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त आगलागी प्रहरी, स्थानीयवासी र त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा राती १२ बजे पूर्ण नियन्त्रणमा लिईएको थियो भने उक्त आगलागीबाट अन्य मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *