September 14, 2026

टेस्लाको एसी अब बिर्तामोडमा

0

        झापा, झापाको बिर्तामोडमा टेस्ला व्राण्डको एसीको विक्री बितरणका लागि प्रदेश स्तरीय आधिकारिक डिलर सञ्चालनमा आएको…

 

झापा, झापाको बिर्तामोडमा टेस्ला व्राण्डको एसीको विक्री बितरणका लागि प्रदेश स्तरीय आधिकारिक डिलर सञ्चालनमा आएको छ ।
युवा व्यवसायी नवीन बाँस्कोटा र नरहरि फुँयाल र नारायण तिम्सिनाले आरम्भ इन्टर प्राइजेज सञ्चालन गर्दै जापानिज कम्पनीका एसीको बिक्री बितरण शुरु गरेका हुन् ।

झण्डै ७० लाख रुपैयाँ लगानी गर्दै प्रदेश स्तरीय डिलर सञ्चालन गरिएको सञ्चालक वास्तोलाले बताए । उनले भने– ‘एलजी सामसुङ क्वलिटीको एसी हामी कम मूल्यमै दिन्छौं, जुन एसीको वारेन्टी तीन वर्षको हुनेछ ।’

होम डेलिभरी, टेक्निसियन र जुनसुकै समयमा सर्भिस हाम्रो आरम्भ इन्टरप्राइजेजको प्राथमिकतामा पर्छ– बाँस्कोटाले भने– झापामा बिर्तामोडसहित दमकबाट पनि ग्राहककले सेवा लिन सक्छन् ।’

पूर्वका इटहरी र धरानबाट पनि तेस्ला कम्पनीका एसी विक्री वितरण हुने बताउँदै बाँस्कोटाले भने – ‘विर्तामोडको आरम्भ इन्टरप्राइजेजसहित टेस्ला एसीको वितरण देशभरका २२ वटा शाखाबाट हुन्छ ।’

टेस्ला कम्पनीले बजारमा ल्याएको एसीको एम्वास्डर सुरजसिंह ठकुरीसहितको उपस्थितिमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले आरम्भ इन्टरप्राइजेजको उद्घाटन गरेका थिए ।टेस्ला ब्रान्ड्को सि इ यो अध्यक्षता गरेको विर्ता जेसीजको अध्यक्ष आतिथि रहेको उक्त कार्यक्रम भैब्यताको साथ सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *