September 15, 2026

उपराष्ट्रपति चिल्डे«न प्रतियोगितामा खेलाडी छनौट

0

       भद्रपुर। भद्रपुरस्थित मेची रंगशालामा प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डे«न खेलकुद प्रतियोगिताको छनौट भएको छ । अगामी…

भद्रपुर।

भद्रपुरस्थित मेची रंगशालामा प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डे«न खेलकुद प्रतियोगिताको छनौट भएको छ ।

अगामी जेठ ८ र ९ गते विराटनगरमा हुने प्रदेश स्तरीय उपराष्ट्रपति चिल्डे«न खेलकुद प्रतियोगितामा झापाबाट सहभागिता जनाउने खेलाडीहरुको छनौट भएको हो । एथलेटिक्स, कराँते, उसु र तेक्वान्दो गरी चार विधाको खेलमा झापाबाट छात्र र छात्रा गरी २८ जना खेलाडीले सहभागिता जनाउने झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए ।

जिल्लाभरिका सामुदायिक तथा नीजि विद्यालयका कक्षा ६देखि ८ सम्म अध्ययनरत १४ वर्षभन्दा कम उमेरका विद्यार्थीले सहभागिता जनाएको र छनौटमा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश स्तरीय खेलकुदमा पठाउने सचिव मैनालीले बताए ।

छनौट ंखेलमा एथलेटिक्सको १०० र २०० मिटरमा उत्कृष्ट हुने ५ जना छात्र र ५ जना छात्रा, कराँतेमा ३ जना छात्र र ३ जना छात्रा, उसुमा ३ जना छात्र र ३ जना छात्रा र तेक्वान्दोमा ३ जना छात्र र ३ जना छात्रालाई छनौट गरिने जनाइएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन प्रतियोगितामा झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज भण्डारीले र सञ्चालन खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *