September 15, 2026

मुटु शिबिरबाट ३२०० लाभान्वित

0

       सुरुङ्गा। सुरुङ्गा र दुधेमा भएको दुई दिवसीय मुटु शिविरबाट तीन हजार दुई सय सेवाग्राही…

सुरुङ्गा।

सुरुङ्गा र दुधेमा भएको दुई दिवसीय मुटु शिविरबाट तीन हजार दुई सय सेवाग्राही लाभान्वित भएका छन् ।

सुरुङ्गा जेसीज, सतासीधाम जेसीज, सुरुङ्गा रेडक्रस, शिवगञ्ज रेडक्रस र सुरुङ्गा सहकार्य युवा क्लबको आयोजना तथा शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, झापा गाउँपालिका र सेभ द हार्टको सहयोगमा सञ्चालित शिबिर २७ गते दूधे र २८ गते सुरुङ्गामा सम्पन्न भएको थियो । शिबिरमा दूधेमा एक हजार पाँच सय ११ र सुरुङ्गामा एक हजार सात सय ३० ले सेवा लिएको सेभ द हार्टका स्वास्थ्य शिबिर संयोजक रत्न थापाले जानकारी दिए ।

शिबिरमा मनमोहन शिक्षण अस्पताल काठमाडौका वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् सर्जन डा. अनिल भट्टराईको नेतृत्वमा डा. विजय यादव, डा. रमित पाण्डे, डा. सरोज कार्की, डा. बोज शर्मा, डा. सञ्जीव ढुंगाना, डा. दर्शन कार्र्की, डा. कुन्दनराज पाण्डे लगायतको चिकित्सक तथा प्राविधिकको टोलीले सेवा पु¥याएको थियो ।

शिबिरमा चिकित्सकबाट परीक्षण, इसीजी, इको सेवा तथा औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । सबै औषधिहरु कोयस्ट र म्याग्नस कम्पनीले प्रायोजन गरेका थिए । शिबिरको झापा क्षेत्र नं. ४का प्रतिनिधिसभा सदस्य एलपी साँवाले उद्घाटन गरेका थिए ।

उक्त शिबिरमा झापा लगायत इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरी जिल्लाका बिरामीहरु आएका र अपरेशन गर्नुपर्ने बिरामीलाई आउने जाने खर्च बाहेक अस्पतालमा लाग्ने सबै खर्च निःशुल्क गराईने सेभ द हार्टका शिबिर संयोजक रत्न थापाले बताए ।

शिबिरमा उच्च रक्तचापका बिरामी बढी पाइएको नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति प्रविन तिम्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *