June 19, 2026

मुलुकको जिम्मा लेउ

0

2     2Shares जनता भुसका भँगेरा सरी नेताले ठान्दछन् जनताको सिँढी चडेर माथि पुगी मै हुँ ठूलो…

जनता भुसका भँगेरा सरी नेताले ठान्दछन्
जनताको सिँढी चडेर माथि पुगी मै हुँ ठूलो भन्दछन्
मालाफूल, अबिरले सजिइँदै बिर्सिन्छ जनता दुःखी
संसदमा गई मातिन्छ विचरो ऊ ठान्छ आफै सुखी

निर्मला नेत्र लिएर जान्छ, तर त्यो फूलो परिहाल्छ कि
जलविन्दु कि त मोतीविन्दु रोगको डेरा त्यहाँ हुन्छ कि
स्वाभिमानी म हुँ भनेर बोलेको त्यो बात बिर्सन्छ कि
के गर्छु भनी गा’को हुन्छ, तर त्यो पागल भई बिर्सन्छ कि

हो, कि त्यो थलो बुद्धि भ्रष्ट गर्ने गहिरो फोहोरी दह
छ को न्याय दिने यसै मुलुकमा कसलाई कहँु यो बह
युवा हो अब जोशी भई अघि बढी ती भ्रष्ट नेता कन
लाई चौखुरी बाँधी दुई पयरमा जो दृष्ट नेता छन

बाटो छोड् अब हानी गोली त कनै बढ्छौ अगाडि भन
अब मातृभूमि प्रतिको जिम्मा युवाले लेऊ
अब नबनौं मुकदर्शक मुलुक यो रित्तो बनाउँछन् सब ।

– जयनारायण अधिकारी
अर्जुनधारा–७, रामपथ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *