June 19, 2026

गजल

0

9     9Shares तिम्रो जीत निश्चित भए मलाई हार्न मन छ म प्रति तिम्रो बिश्वास परिपक्क पार्न…

तिम्रो जीत निश्चित भए मलाई हार्न मन छ
म प्रति तिम्रो बिश्वास परिपक्क पार्न मन छ

उतारचढाव जिन्दगीमा आए नानाथरी
भ्याएसम्म बल बुताले बार बार्न मन छ

अप्ठ्यारोमा आफन्तकै बज्दो रैछ ताली
मौका पारी बैगुनीलाई गुनले मार्न मन छ

जिन्दगीका भिरपाखामा पर्खाल लाउँदैछु
त्यति गर्न आफूलाई अली खार्न मन छ

पौरखभित्र उदाउने छ सुनौलो बिहानी
निःस्वार्थमा सत्कर्मको बिरुवा सार्न मन छ ।

टीका भट्टराई नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *