April 30, 2026

अब मोबाइल ब्यालेन्सले किन्न सकिन्छ सामान

0

10     10Shares काठमाडौं, अहिले मोबाइलको बलेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ।…

काठमाडौं,

अहिले मोबाइलको बलेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ।

अबको केही महिनामा भने मोबाइल प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाशुल्क तिर्न सक्नेछन्।

कान्तिपुरमा समाचार छ, मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ। यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ।

सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले संयुक्तरूपमा कम्पनी दर्ता गरी ‘मनी’ सेवा दिने समझदारी भएको हो। टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी र राष्ट्रिय वाणिज्य बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।

दुई कम्पनीले यसअघि वैशाख ३ गते डिजिटल फाइनान्स कम्पनी खोल्नका लागि प्रारम्भिक समझदारी गरेका थिए। डिजिटल फाइनान्स कम्पनी सञ्चालन गर्न टेलिकम र वाणिज्य बैंक सञ्चालक समितिले प्रस्ताव पास गरिसकेको टेलिकमका प्रबन्ध निर्दैशक डिल्ली अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *