September 16, 2026

लेप्चा भाषा पढाउन शिक्षक खोज्दै

0

14     14Shares  रोङ, लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउन यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा रोङ…

 रोङ,

लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउन यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा रोङ (लेप्चा जातिको मातृभाषा) भाषा पढाउने भएको छ ।

बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी शुरु गरे पनि शिक्षक अभाव भएपछि आउँदो वर्षदेखि मात्र शुरु गर्ने भएको हो ।

स्थानीयस्तरमा विद्यालय शिक्षाका लागि भाषाको शिक्षक अभाव हुँदा यस वर्ष पढाइ हुन नसकेको गाउँपालिका अध्यक्ष शमसेर राईले जानकारी दिनुभयो । स्थानीयस्तरमा भाषाको ज्ञान भएको शिक्षक नभएपछि गाउँपालिकाले भारतका लेप्चा समुदायको पहुँच भएको क्षेत्रबाट शिक्षक ल्याउने तयारी हुँदै रहेको अध्यक्ष राईको भनाइ छ ।

“हामी भारतीय क्षेत्र दार्जिलिङ, सिक्किमबाट भाषा बढाउने शिक्षक ल्याउँदैछौँ”, अध्यक्ष राईले भन्नुभयो, “कम्तीमा पनि १ देखि ५ कक्षासम्म पढाउन सक्ने भए हुन्छ शुरुमा ।” भारत भ्रमणका क्रममा भारतीय लेप्चा विद्यालयको बारेमा बुझेको र आफ्नो क्षेत्रमा समेत भाषा पढाउन सकिने बुझेपछि सो काम शुरु गरिएको अध्यक्ष राईले बताउनुभयो । भारतमा लेप्चा भाषाकोे पाठ्यपुस्तक तयार भई उच्च तहसम्म अध्ययन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *