September 16, 2026

कक्षा १२ का परीक्षार्थीहरुबाट भेटियो बोराका बोरा चिट, चिट देखेर गार्ड नै परे छक्क

0

9     9Shares नेपालगञ्ज, नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट…

नेपालगञ्ज,

नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला पारेको छ । नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा अनुगमन गरेको थियो ।

आठ वटा केन्द्रमा गरिएको अनुगमनपछि बोराका बोरा चिट फेला पारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले माध्यामिक तहको अनुमतिलगायतका काम स्थानीय तहले गर्ने भएकाले शैक्षिक सुधारका लागि परीक्षाको अनुगमन गर्न पाउने दाबी गरेका छन् ।

मंगलबार विज्ञान ९फिजिक्स०को परीक्षाको अनुगमन गरिएको हो । केही शिक्षकले स्थानीय तहले कक्षा १२ को परीक्षाको अनुगमन गर्न नपाउने भन्दै बिवाद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *