April 30, 2026

फरार अभियुक्त पक्राउ

0

सिरहा, भदौ १८ । अदालतबाट कैद तथा जरिवाना फैसला भएका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा बिस वर्ष कैद भएका फरार एक जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक सिरहा असनपुर गाविस वडा नम्बर ८ घर भई हाल गोलबजार नगरपालिका ६ का ३२ वर्षिय बिनोद कुमार यादव छन्। यादव उपर सिरहा जिल्ला अदालतले मिति २०७१।११।१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा बिस वर्षको कैद सजाय सुनाएको थियो। फैसला संगै फरार रहेका यादवलाई विशेष सुराकी परिचालन गरी इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको नेतृत्वमा रहेको टोलीले आज विहान उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ पश्चात यादवलाई आजै फैसला कार्यान्वयनकालागी सिरहा अदालतमा उपस्थित गराईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *