April 30, 2026

खोजमुलक पुरस्कार शर्मालाई

0

भद्रपुर, भदौ १८ । महिलाहरुको महिनावारी सरसफाइको विषयमा खोजमुलक समाचार प्रशारण गरेवापत हिमालय टेलिभिजनका झापा सम्वाददाता पंकज शर्मा छनौट भएका छन् ।
भद्रपुर नगरपालिका ७ बस्ने पत्रकार शर्मा टेलिभीजन तर्फ छनौटमा परेपछि उनलाई नगद सहित पुरस्कृत गरिने जनाइएको छ ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, नेपाल प्रजनन स्याहार केन्द्र तथा कोडेफको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य सम्बधी उत्कृष्ट समाचार प्रशारण तथा प्रकाशित गर्न सम्वाददाताको हकमा सूचना जारी गरेका थिए ।
शर्माले चार महिना अघि टेलिभीजनमा प्रशारण गरेको महिनाबारी सम्बन्धी समाचार त्यहा पेश गरेका थिए । सोही समाचारको आधारमा शर्मा छनौट भएको नेपाल प्रजना स्याहार केन्द्र काठमाडौले जनाएको छ । त्यस्तै छापा तर्फ राजधानी दैनिकका रामप्रसाद गौतम र रेडियो तर्फ उज्जयालो रडियोका पिटी लोप्चा छनौटमा परेका छन् ।
२०६५ सालमा एफएम मेची टयून्सबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका शर्मा पूर्वाञ्चल दैनिक हुदै २०६६ सालदेखि हिमालय टेलिभिजनमा झापा सम्वाददाताको रुपमा कार्यरत छन् । पत्रकार शर्मा झापा उघोग बाणिज्य सघंको महासचिव, भद्रपुर मारवाडी सघंको सचिव पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *