April 30, 2026

सप्तरी, भदौ १७ । अवैध मदिरा नियन्त्रण अभियान अन्तरगत सप्तरी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट एक सय सत्तरी लिटर मदिरा बरामद गरेको छ।
प्रहरीले मदिरा बिक्रि बितरणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कडोरवनाको टोलीले सप्तरी मल्हनवा(५ बस्ने सकलदेव चौधरी र बासुदेव चौधरीको पसलबाट १५ लिटर मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । यस्तै ईलाका प्रहरी कार्यालय रुपनीको टोलीले शम्भुनाथ नगरपालिका १० बस्ने झोली सदालाई १५ लिटर मदिरा बोकेर पसलमा र्पुयाउन जादै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ भने तेरहौता(५ बस्ने गंगा श्रेष्ठको घरबाट मदिरा बनाउन प्रयोग गरिने १० थान भाँडाबर्तन बरामद गरेको छ। यता प्रहरी चौकी सिसुवाबेल्हीबाट खटिएको टोलीले सिसुवबेल्ही गाविस ७ स्थित सचितादेवी साह, तेजु राम, सोही गाविस १ का अजय मण्डल, वडा नम्बर ४ का सन्तोष साह, वडा नम्बर ३ का सुरेश साह, वडा नम्बर ९ का अजय नारायण साहको पसलबाट १ सय १५ लिटर मदिरा बरामद गरेको छ। प्रहरीले उनीहरुको पसलमा मदिरा बनाउने भट्टी (चुल्हो) समेत नष्ट गरी उनीहरुलाई सर्तक गराएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले कंचनरुप नगरपालिका १ का जगधर प्रसाद साह, राजेश श्रेष्ठ, सोही नगरपालिका ४ का राजकुमार साहको घरबाट ३५ लिटर मदिरासहित मदिरा बनाउने भाँडाबर्तन नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *