क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री वितरण
मेचीनगर ।

क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत सोमबार झापाको मेचीनगर नगरपालिकाले क्षयरोगका बिरामीहरूलाई पोषण युक्त खाद्य सामग्री फुड बास्केट वितरण गरेको छ ।
काँकरभिट्टा स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रमुख अतिथिको आसनबाट क्षयरोगका बिरामीलाई वितरण गर्नुभयो । काँकरभिट्टा क्षेत्रका २८ जना क्षयरोगीले खाद्य सामग्री प्राप्त गरे ।
ूफुड बास्केटू अन्तर्गत चामल, अण्डा, तेल,दाल लगायत रहेको छ । यसअघि मेचीनगर ७ को ज्यामिरगढीमा १०, मेचीनगर ४ को बाहुनडाँगीमा २५ जना क्षयरोगीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो ।
उपप्रमुख उप्रेतीले शुरू शुरूमा क्षयरोगीलाई हेलाको भावले हेर्ने भएपनि अहिले क्षयरोगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको स्पष्ट पार्नुभयो । यसले सकरात्मक सन्देश दिईएको र अब क्षयरोगकै कारण समाजमा लुकेर बस्ने अवस्था नरहेको विचार राख्नुभयो ।
काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता चौकी व्यवस्थापन समितिका सदस्य डिल्ली घिमिरेले गर्नुभएको थियो ।
